नक्कली मह बिक्री गर्ने १३ जना पक्राउ
काठमाडौं । गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टलभन्दा बढी मह बरामद गरेको छ ।
मह बिक्रेताहरूले मरेका मौरी, मौरीको चाका र मह अलगअलग भाँडामा राखेको अवस्थामा फेला परेका छन् । मरेका मौरी र सुकेको चाका अलगअलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेको पाइएको छ ।
उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको चाका र मरेका मौरी एउटै भाँडोमा मिसाएर लैजाने गरेका छन् । महका चाकाहरू गुटका खाएर थुकेको बाल्टीमा पनि राखिएको भेटिएको छ । कोठा भाडामा लिएर मह बिक्रेता बसेका होटेलमा प्रहरीले खानतलासी सुरु गरेपछि केही जना भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
वर्षेनी यो सिजनमा नक्कली महको बिगबिगी हुने भएकाले मौरी पालक किसानहरूले गरेको निगरानीका आधारमा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर १५ गते मह बेच्दै लम्कीचुहा नगरपालिका पुगेका विक्रेतालाई पछ्याउँदै गर्दा टीकापुर बसपार्कमा ठुलो मात्रामा नक्कली मह राखेको फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको मौरी पालक किसान प्रदीप न्यौपानेले बताए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले मह बिक्रीमा संलग्न १३ जनालाई पक्राउ गरी उनीहरूको साथमा रहेको मह पनि बरामद गरी परिमाण यकिन गर्न लागिएको र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार कारबाही अघि बढाउने बताए ।
मह बिक्रेतामध्येका एक गुलाबले मह सक्कली भएको र आफूहरूले तुलसीपुर, नेपालगन्ज र टीकापुर आसपासका गाउँहरूबाट सङ्कलन गरेर ल्याएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












