नक्कली मह बिक्री गर्ने १३ जना पक्राउ
काठमाडौं । गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टलभन्दा बढी मह बरामद गरेको छ ।
मह बिक्रेताहरूले मरेका मौरी, मौरीको चाका र मह अलगअलग भाँडामा राखेको अवस्थामा फेला परेका छन् । मरेका मौरी र सुकेको चाका अलगअलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेको पाइएको छ ।
उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको चाका र मरेका मौरी एउटै भाँडोमा मिसाएर लैजाने गरेका छन् । महका चाकाहरू गुटका खाएर थुकेको बाल्टीमा पनि राखिएको भेटिएको छ । कोठा भाडामा लिएर मह बिक्रेता बसेका होटेलमा प्रहरीले खानतलासी सुरु गरेपछि केही जना भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
वर्षेनी यो सिजनमा नक्कली महको बिगबिगी हुने भएकाले मौरी पालक किसानहरूले गरेको निगरानीका आधारमा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर १५ गते मह बेच्दै लम्कीचुहा नगरपालिका पुगेका विक्रेतालाई पछ्याउँदै गर्दा टीकापुर बसपार्कमा ठुलो मात्रामा नक्कली मह राखेको फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको मौरी पालक किसान प्रदीप न्यौपानेले बताए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले मह बिक्रीमा संलग्न १३ जनालाई पक्राउ गरी उनीहरूको साथमा रहेको मह पनि बरामद गरी परिमाण यकिन गर्न लागिएको र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार कारबाही अघि बढाउने बताए ।
मह बिक्रेतामध्येका एक गुलाबले मह सक्कली भएको र आफूहरूले तुलसीपुर, नेपालगन्ज र टीकापुर आसपासका गाउँहरूबाट सङ्कलन गरेर ल्याएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











