अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ । गत नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बङ्गालको कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकहरुले विभिन्न स्पर्धामा आठ स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गरेका थिए ।
गीतकार समेत रहेका ६५ वर्षमाथिको उमेर समूहमा १० किलोमिटर दौडमा बुद्धवीर लामाले स्वर्ण, ५०–५५ वर्षको उमेर समूहमा धर्म महर्जनले चार सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण, ६५ वर्षमाथिको उमेर समूहतर्फ पुष्पलाल श्रेष्ठले पाँच हजार मिटर दौडमा स्वर्ण र १० किलोमिटर दौडमा रजत, ५०–५५ वर्ष उमेर समूहमा कपिल भट्टले दुई सय मिटर दौडमा रजत र पाँच हजार मिटर दौडमा कास्य तथा ४५–५० वर्ष उमेर समूहतर्फ महेन्द्र बज्राचार्यले १० किलोमिटर दौडमा कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ राकेश महर्जनले एक हजार पाँच सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ दिनेश महर्जनले पाँच हजार र १० किलोमिटर दौडमा रजत पदक प्राप्त गरेका थिए । यस्तै ४५–५० वर्ष वर्ष उमेर समूहतर्फ १० किलोमिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा विश्व प्रहरी सङ्गठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण पदह जितेका निमेश गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बङ्गाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीर लामालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरेको प्रयास मञ्च नेपालले जनाएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












