अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ । गत नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बङ्गालको कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकहरुले विभिन्न स्पर्धामा आठ स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गरेका थिए ।
गीतकार समेत रहेका ६५ वर्षमाथिको उमेर समूहमा १० किलोमिटर दौडमा बुद्धवीर लामाले स्वर्ण, ५०–५५ वर्षको उमेर समूहमा धर्म महर्जनले चार सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण, ६५ वर्षमाथिको उमेर समूहतर्फ पुष्पलाल श्रेष्ठले पाँच हजार मिटर दौडमा स्वर्ण र १० किलोमिटर दौडमा रजत, ५०–५५ वर्ष उमेर समूहमा कपिल भट्टले दुई सय मिटर दौडमा रजत र पाँच हजार मिटर दौडमा कास्य तथा ४५–५० वर्ष उमेर समूहतर्फ महेन्द्र बज्राचार्यले १० किलोमिटर दौडमा कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ राकेश महर्जनले एक हजार पाँच सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ दिनेश महर्जनले पाँच हजार र १० किलोमिटर दौडमा रजत पदक प्राप्त गरेका थिए । यस्तै ४५–५० वर्ष वर्ष उमेर समूहतर्फ १० किलोमिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा विश्व प्रहरी सङ्गठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण पदह जितेका निमेश गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बङ्गाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीर लामालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरेको प्रयास मञ्च नेपालले जनाएको छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











