ताजा समाचार

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

काठमाडौं । जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ ।

बुधबार आयोजित कार्यक्रममा जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org