कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।
जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ। बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो। आकास त्रिपाठीले १३ रन र हर्ष थाकरले १७ रन जोडे। थाकर जिमी निशमसँग असमझदारीका कारण १२औं ओभरमा रनआउट हुन पुगेका थिए।
त्यसपछि जिमी निशमले जनकपुरको आसा जगाए। उनले १७ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन जोडे। तर उनी १५औं ओभरको तेस्रो बलमा कर्णालीका विपिनप्रसाद शर्माबाट बोल्ड हुँदा जनकपुर दबाबमा आयो। यहि ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई विपिनले १ रनमा एलबिडब्लूको धरापमा पर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो।
१९औं ओभरको चौथो बलमा मयन यादव दुई रन लिने क्रममा रनआउट हुन पुगेका थिए। उनले १८ बलमा १४ रन जोडे। यो ओभरमा जनकपुरले १४ रन लिएपछि जित निकाल्न सफल भयो। जसमा शेर मल्लले १० बलमा जोडेको नटआउट १६ रन महत्वपूर्ण सावित भयो।
बलिङमा कर्णालीका विपिन शर्माले ३ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो र जिशन मक्सुदले १-१ रन हात पारे। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन जोड्यो।
महत्वपूर्ण खेलमा कर्णालीको ओपनिङ चल्न सकेन। चितवनविरूद्धको एलिमिनेटरको खेलमा अर्धशतक प्रहार गरेका जयकिशन कोल्सावाला १ रनमै आउट भए। उनी दोस्रो ओभरमा जनकपुरका ललितनारायण राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए। त्यसपछि छैटौं ओभरमा ओपनर देव खनाल २४ रन जोडेर आउट भए। जिमी निशमको बलमा आकाश त्रिपाठीबाट क्याच हुनुअघि उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि जिशन मक्सुद १२ रन र विलियम बोसिस्टो १४ रनमा पेभिलियन फर्के। सातौं ओभरमा मोहमद मोहसिनले विकेटकिपर लाहिरू मिलन्थाबाट जिशनलाई क्याच गराए। बोस्सिटोलाई दशौं ओभरमा ललितले मिलन्थाबाटै क्याच गराए। चाडविक वाल्टनलाई १२औं औभरमा हर्ष थाकरले ११ रनमा क्याच गराए भने अर्को ओभरमा अर्जुन घर्तीलाई २ रनमा मयन यादवले रनआउट गरे। जससँगै कर्णालीले १३ ओभर चल्दै गर्दा ६ विकेट गुमाउँदा ७९ रन जोडेको थियो।
त्यसपछि सोमपाल कामी ५ रनमा आउट भए। उनी १६औं ओभरमा शेर मल्लको बलमा मोहसिनबाट क्याच भए। १७औं ओभरमा गुल्सन झा २५ रनमा आउट भएपछि कर्णालीको स्कोरबोर्ड झनै सुस्त हुन पुग्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सनलाई मोहसिनले बोल्ड गरेका थिए।
यस्तै अन्तिम बलमा जिमी निशमको एलबिडब्लूको धरापमा पर्नुअघि युनिस ठकुरीले १२ रन जोडे। अघिल्ला दुई बलमा उनले निशमलाई लगातार चौका प्रहार गरेका थिए। बलिङमा जनकपुरका जिमी निशम, ललितनारायण राजवंशी र मोहमद मोहसिनले २-२ विकेट लिए। हर्ष थाकर र शेर मल्लले १-१ विकेट हात पारे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












