ताजा समाचार

माछा मार्ने विस्फोट पदार्थ बनाउने क्रममा विस्फोट एक जनाको मृत्यु

काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लका अनुसार माछा मार्नको लागि विस्फोट पदार्थ बनाउने क्रममा तिनाउ–२, दोभान बुढासटकका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको हो ।

सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका सोमैको उपचारका क्रममा बुटवल हस्पिटल प्रालि बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विस्फोटक पदार्थ विस्फोट हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिंगरनगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org