२५ औँ संस्करणको बुढासुब्बा गोल्डकप माघ १९ बाट हुने
काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ देखि २६ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
प्रतियोगितामा ८० लाख १० हजार रुपियाँ अनुमानित खर्च लाग्ने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगिताका लागि अनुमानित आय एक करोड दुई लाख २५ हजार रहेको उनले बताए । बुढासुब्बा गोेल्डकप रोजगारमुलक र व्यवसायी मुलक बनाउने योजनासहित लागि परिरहेको अध्यक्ष तामाङले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए । २०५५ सालदेखि सुरु भएको प्रतियोगिता कोभिडका कारण दुई वर्ष रोकिए पनि त्यस पश्चात निरन्तर भइरहेको उनले बताए ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबाल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छीन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले १० लाख रुपियाँ, उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख रुपियाँ धरान–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए । गत वर्षको विजेता एनआरटी क्लब काठमाडौं र उपविजेता जिल्ला फुटबल संघ मोरङ भएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...











