जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण’ विषयक बागमती प्रदेश संवाद कार्यक्रममा आज उहाँले जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा परम्परागत सीप, ज्ञान, खाद्यान्नलगायत जीवनशैलीमा नै प्रभाव पारेका कारण अब न्यायको मुद्दा सशक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री लामाले वातावरण प्रदूषण हुँदा सबैलाई प्रभाव पार्ने बताउनुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कानुन बनाएर काम गर्नुपर्ने धारणा राख्नुभयो । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उहाँको भनाइ छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नीतिगत रूपमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक सम्पदा जोगाउन नसके पहिचान पनि मेटिँदै जाने उल्लेख गर्नुभयो ।
वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सुविधाका नाममा पृथ्वीलाई मानव समुदायले विनाश गर्दै लगेको उल्लेख गर्दै
जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
बागमती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनवटै तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको बताउनुभयो ।
प्रदेशस्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्नेलगायत विषयमा बृहत् छलफल भएको थियो ।
Comments
अरु समाचार
-
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
काठमाडौं । महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस...
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवनमा गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट गम्भीर घाइते भण्डारीको...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...
-
‘४० सवारीसाधनको प्रदूषण परीक्षणमा गर्दा ३१ वटा अनुत्तीर्ण’
काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् । महानगरले सोमबार चक्रपथको सुकेधारा...
-
प्रधानमन्त्री कप क्रिकेट: कोशीले बागमतीलाई हरायो
काठमाडौं । बैतडीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १०...
-
बागमती प्रदेशको पुससम्मको बजेट खर्च १६ प्रतिशत मात्रै
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल...
-
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ
काठमाडौं । रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार सय ३१ किलो रक्त...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
काठमाडौं । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ...
-
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
काठमाडौं । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको...