मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।
सोमबार वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मन्त्रीस्तरीय निर्णय गर्दै मुगुम कार्मारोङ गाउँपालिकाको केही क्षेत्रलाई समेटेर निकुञ्ज वा शिकार आरक्षण बनाउने सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाउने निर्णय गर्नुभएको हो।
यसअघि मुगुम कार्मारोङ गाउँपालिकाले गाउँसभाको निर्णयमार्फत से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र र अन्य भूभाग समेटेर सिकार आरक्षण, संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउन माग गर्दै मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो।
वनमन्त्री शाहीका अनुसार कार्यदलले कुन विकल्प उपयुक्त हुन्छ भनेर सुझाव दिनेछ, जसका आधारमा मन्त्रालयले आगामी कदम चाल्नेछ।
से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मुगुको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ। यो क्षेत्र विभिन्न वन्यजन्तुको वासस्थानका रूपमा परिचित छ। हुलका हुल जनावर देखिने भएकाले पर्यटकहरूले यसलाई “खुला चिडियाखाना” भनेरसमेत सम्बोधन गर्छन्।
मुगुमा सानो राष्ट्रिय निकुञ्ज रारा पनि पर्दछ, जहाँ नेपालकै ठूलो रारा ताल अवस्थित छ। यदि नयाँ संरक्षित क्षेत्र वा सिकार आरक्षण बन्यो भने मुगुमा दुईवटा संरक्षित क्षेत्र हुनेछन्।
नयाँ संरक्षित क्षेत्रमा तामा खानी, डोल्फु कर्णाली नदी, घोरल, झारल, कस्तुरी मृग, चौरी, हिम चितुवा लगायतका जनावर पाइने जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार, मुगुम क्षेत्रलाई संरक्षित क्षेत्र वा सिकार आरक्षण बनाउने माग वर्षौं पुरानो हो। संघीय सरकारमा मुगुबाट निर्वाचित मन्त्री शाही भएकाले यो माग पूरा हुने विश्वास गरिएको छ।
Comments
अरु समाचार
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित
काठमाडौं । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु ४ अर्ब २०...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दो
काठमाडौं । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा...
-
प्रहरी असईले आफैँलाई गोली हाने
काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर...
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...