सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदा
काठमाडौं । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान गर्ने निर्णय गरेको छ ।
सीमाको पहिचान र सीमा विवाद समाधानमा समर्पित भएको भन्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ७४५ स्टर्लिङ पाउन्ड (करिब १ लाख २७ हजार १८८ नेरु) छ ।
सन् १९९२मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले सीमा व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए । नेपालको सीमा सम्बन्धी १४ वटा पुस्तकहरू प्रकाशित छन् ।
आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले लेखेका छन्, ‘बुद्धिनारायण श्रेष्ठले नेपाल र अन्तर्राष्ट्रिय सीमा निर्धारणमा महत्त्वपूर्ण योगदान दिएका छन् र हामी उनलाई माइलफस्की अवार्डले सम्मान दिन पाउँदा गर्व गर्छौ ।’
माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको नामबाट यो अवार्ड प्रदान गरिन्छ । उनी आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक थिए ।
Comments
अरु समाचार
-
काठमाडौं आईपुगे सोनु निगम
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम...
-
पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने
काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’...
-
इरानले हटायो ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध
काठमाडौं । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण...
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई...
-
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
काठमाडौं । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा...
-
कजाकिस्तानको अक्ताउमा ६७ जना यात्रु सवार विमान दुर्घटना
काठमडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको...