ताजा समाचार

अठार वर्षपछि सडक कालोपत्र गरिँदै

काठमाडौं । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।

सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org