भेडेटारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दो
काठमाडौं । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ ।
होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।
भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवद्र्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवद्र्धनमा सहयोग पुयाउने आयोजकले जनाएको छ । स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार, हस्तकला, कृषि–औजार, घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनीमा राखिएको फेस्टिभल आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो ।
उनले भने, “जाडो याम सुरु भएसँगै भेडेटार घुम्न आउने पर्यटकको सङ्ख्या घट्नेक्रम जारी छ, बजारलाई चलायमान बनाउन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी बर्सेनि यस किसिमको फेस्टिभल आयोजना गर्दै आएका छौँ, अहिलेसम्मको परिस्थितिलाई हेर्दा यस वर्ष पर्यटक सङ्ख्या वृद्धि हुने देखिएको छ ।”
फेस्टिभलका अवसरमा पर्यटकीयस्थलमा स्काइवाकको व्यवस्थासहित पाथीभारा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर र ‘होम स्टे’, सूर्योदय बौद्धपार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, ध्वजे डाँडालगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएको छ ।
फेस्टिभलमा ५० हजार पर्यटकले अवलोकन गर्ने र रु तीन करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बूले बताए । महोत्सवमा धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढीलगायतका सहरबाट मानिस आउने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












