ताजा समाचार

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको छ । ४.६३ अंकले बढेको बजार परिसूचक २५८६.२३ बिन्दु कायम भएको छ । यो दिन अन्तिम १ मिनेटमा ५ अंकको सुधार भएको छ ।

३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ ।

कारोबारमा बैंकिङ, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक घटेका छन् भने बाँकी समूहको उपसूचकमा बढोत्तरी आएको छ । कारोबारमा न्यादी हाइड्रोपावर कम्पनी, सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रममः न्यादी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कम्पनी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org