पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम बुधबार सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिए। उनले वैशाख महिनादेखि सुरु गरिएको ड्रिलिङको कार्य सम्पन्न भएको बताएका हुन्। उनले भने, “असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिन पुग्यो ।” दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुई–दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् ।
चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताए । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।
पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङको काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भन्दै भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने स्पष्ट पारे।
चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












