जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल
काठमाडौं । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नुपरेको छ ।
विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने गर्छन् ।
माघे सङ्क्रान्ति मेलामा त एकै दिन लाखौँ भक्तजनले उक्त पुल मार्फत आवतजावत गर्छन् । देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले त्रिशूलीको झोलुङ्गे पुलले अब धान्न गाह्रो हुने बताएका छन् ।
विसं २०३७ मा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक छ हजार जनाभन्दा बढीले आवतजावत गर्ने र सयौँ मोटरसाइकल वारपार गर्ने पौडेलले जानकारी दिए। देवघाट आउनका लागि हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ ।
देवघाट आउने भक्तजनमध्ये करिब ९५ प्रतिशत चितवनको आँपटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताएका छन्। पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अब उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नुपर्ने विषयमा सस्पेन्सन पुल डिभिजन कार्यालयलाई जानकारी गराइएको बताए । देवघाट जान तीन वटा मोटरेबल पुल सञ्चालनमा आइसकेको हुँदा अब उक्त पुलबाट मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।
देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटरसाइकल आवतजावतमा रोक लगाउनुपर्ने बताए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुल जीर्ण भएको बारेमा गत मङ्सिरमै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराइसकिएको बताएका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












