ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित समयभित्र काम सम्पन्न नगरेकाले सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको सडक विभागले जनाएको छ ।
ठेक्का हात पारी बर्सौंसम्म काम नगर्ने प्रवृत्तिको न्यूनीकरणका लागि निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीसँग जरिबाना तिराउन सुरु गरिएको सडक विभागको भनाइ छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मातहत सो ओभरपास निर्माण भइरहेको छ ।
केन्द्रका निर्देशक प्रभात झाले निर्माणाधीन ओभरपासको ठेकेदार कम्पनीले थप गरिएको म्यादभित्रसमेत काम सम्पन्न गर्न नसक्दा सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको जानकारी दिए । आयोजनाको म्याद थप भई नसकेको अवस्थामा सम्बद्ध निर्माण कम्पनीले जरिबाना तिनुपर्ने उनले स्पष्ट पारे । ओभरपास निर्माणका लागि यसअघि थप गरिएको म्याद पुस ८ गते सकिसकेको छ ।
“पुस ९ गतेदेखि निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु भइसकेको छ । यसबारे निर्माण कम्पनीलाई लिखित रूपमा नै जानकारी गराइसकेका छौँ,” निर्देशक झाले भने, “सम्झौता अनुसार आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु पर्दैन ।”
ठेकेदार कम्पनीले सम्झौता अनुसार आयोजनाको कुल निर्माण लागत रकमको दैनिक ०.०५ प्रतिशतको दरले जरिबाना तिर्नुपर्ने हुन्छ । आयोजनाको सम्झौता रकम १७ करोड छ लाख ८८ हजार रुपियाँ रहेको छ । २०७८ फागुन १२ गतेदेखि आयोजनाको ठेक्का सुरु भएको थियो ।
ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्र समेत काम सम्पन्न गर्न नसक्दा जरिबाना तिराउन सुरु गरिएको निर्देशक झाले स्पष्ट पारे । आशिष÷समानान्तर÷रेलिगेर (संयुक्त) ले सो ओभरपास निर्माणको ठेक्का पाएको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












