प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी
काठमाडौं । चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो ।
प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद रु २५ हजारसहित सिल्ड प्रमाणपत्र, धिमे बाजा, भुछ्या, शिछ्या एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद रु १० हजारसहित सिल्ड पुरस्कार, धिमे बाजा, भुछ्या एक थान प्राप्त गरेको आयोजकले जनाएको छ ।
चौँथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु पाँच हजारसहित सिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमे बाजा प्राप्त गरेको छ । पाँचौँ बनेपास्थित वान्ख्यो दाफा भजन खल, छैठौँ काभ्रेपलाञ्चोक पनौतीको लायकु धिमे खल, सातौँ मध्यपुरथिमिको शिवा सायमी खल, आठौँ ललितपुरको लुभुस्थित तलेजु बाजा खल, नवौँ काठमाडौँको बालकुमारी धिमे खल र दशौँ ताथली सौडोलस्थित सौडोल सांस्कृतिक बाजा खल भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो । उहाँले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो ।
प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका सांसद थापाले नगरपालिकालाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न यस्ता क्रियाकलाप कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा प्रस्तुत भएका विविध कलाले यहाँका धार्मिक, ऐतिहासिक कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा सहयोग पुगेकाले यसले पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो ।
नगरप्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले पासिलकाले पहिलो पटक यस किसिमको प्रतियोगितामार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताउनुभयो । उहाँले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै सहभागी प्रतियोगी समूह, स्थानीय प्रतिनिधि, वडा तथा नगरवासी, नगर कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगरप्रमुख खत्रीले सबैको सहयोगले मुलुकको नमूनाका रूपमा बागमती प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष २०८२ लाई यसैगरी सफल पार्न र देश तथा विदेशमा चाँगुनारायणको पर्यटकीय सम्पदाको परिचयलाई स्थापित गर्दै पर्यटीय विकास गर्न÷गराउन वडा तथा नगरवासीका साथै सबैमा आह्वान गर्दछु ।”
नगरप्रमुख खत्रीले आगामी वैशाखदेखि वर्षभरि नै आयोजना हुने नगरकोट भ्रमण वर्ष प्रत्येक नगरवासीको घरघरमा, टोलटोलमा, गाउँगाउँमा, वडावडामा भ्रमण वर्षमय हुने भएकाले यसैगरी सफल पार्न नगरवासीलाई आह्वान गर्नुभयो । चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने स्थानीय, प्रतियोगी समूह, सरोकार भएका निकाय तथा प्रतिनिधिलगायत सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतियोगितामा बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न पालिकाका ५५ वटा समूहको सहभागिता रहेको चाँगुनारायण–९ का वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिनुभयो । शनिबार यहाँ आयोजित कार्यक्रमलाई प्रतिनिधिसभाका सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












