ट्रकको ठक्करबाट युवाको मृत्यु
काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ ।
सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताएका छन् ।
पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २२२० न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका थारुलाई प्रहरीले उपचारका लागी कपिलवस्तु अस्पताल पुराएको थियो ।
अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला चितवन रत्तनगर न।पा। ३ बस्ने वर्ष ३७ को जयराम तिमिल्सेना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताए ।
Comments
अरु समाचार
-
भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु...
-
कर्णालीको अदुवा र बेसार युरोप निर्यात
काठमाडौं । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय...
-
अमेरिकामा अनियन्त्रीत आगालागी, अहिलेसम्म १६ को मृत्यु
काठमाडौं । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस...
-
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
काठमाडौं । राष्ट्र बैंकको अध्ययनबाट कोशी प्रदेशमा कृषिजन्य भूमिको क्षेत्रफल घटेको देखिएको छ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति सवा १२ बजे काठमाडौंको...