विधायिकाले बनाएको कानुन संविधानसँग प्रष्ट नबाझिएसम्म बदर गर्न नहुने: न्यायाधीश फुयाल
काठमाडौं । सर्वोच्च अदालतले लगानी सहजीकरण तथा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१ का दुइवटा दफा खारेज गरिदिएपछि राजनीतिक एवं न्यायिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । उक्त रिटमाथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले गएको बुधवार ऐनमा थपिएका दुइटा दफा खारेज गरेको दिएको थियो । उक्त खारेजीले मुलुकको विकासमा दूरगामी प्रभाव पर्ने र कार्यकारीले दिगो विकासप्रति प्रतिवद्ध र संवेदनशील भएर कुनै ठूला परियोजनाहरू सञ्चालन गर्दा लगाम लाग्ने संभावनालाई उक्त फैसलाले बढावा दिएको देखिन्छ । हुनत उक्त फैसलामा न्यायाधीश सपना प्रधान मल्लले केही फरक दृष्टिकोण राखेकी थिइन् भने न्यायाधीश हरि फुयालले फरक मत नै राखेका छन् ।
गत असार २४ मा संसद्ले केही ‘नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ मार्फत ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’ मा २ वटा दफा थपेको थियो । उक्त दफाका प्रावधानहरू संविधान विपरीत भएको भन्दै अधिवक्ता दिलराज खनालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संशोधन भएको ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’ मा दफा ५ मा ‘क’ थप गरेर राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र अतिसंवेदनशील क्षेत्र तोक्न सक्ने व्यवस्था राखिएको थियो । जसमा नेपाल सरकारले आवश्यक ठानेमा राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्रको कुनै क्षेत्रलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अतिसंवेदनशील क्षेत्र भनेर तोक्न सक्ने व्यवस्था राखिएको थियो ।
यस्तै दफा ६ को १ ‘क’ मा दफा ५ ‘क’ बमोजिम तोकिएका क्षेत्र बाहेक निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्रको कुनै क्षेत्र वा मध्यवर्ती क्षेत्रमा प्रकृति र मानव सहअस्तित्व कायम हुने गरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत आयोजना वा राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न नेपाल सरकारले तोकिए बमोजिम स्वीकृति दिन सक्ने व्यवस्था थप गरिएको थियो । साथै मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने आयोजना सञ्चालन गर्न सक्नेछ र सम्बन्धित निकायको स्वीकृति लिई पर्यापर्यटन (ईकोटुरिजम) लगायत अन्य उद्योग व्यवसाय सञ्चालन गर्न दिन सकिने व्यवस्था राखिएको थियो । उक्त प्रावधानविरुद्धको रिटमा सर्वोच्चले निवेदकको माग बमोजिम थपिएका दुइटा दफा खारेज गरिदिएको थियो ।
न्यायाधीश फुयालले अदालतले सहजै कानून बदर गर्नु न्यायिक संयमताको परिधि काट्नु मात्रै नभई सार्वभौम संसद्को विधायिकी मनसायको अवरोध गर्नुभएको आफ्नो फरक मतमा उल्लेख गरेका छन् । फुयालले सम्भव भएसम्म अदालतले संसद्ले असल नियतले बनाएको कानून संविधानको मूल्य मान्यतालाई स्पष्ट रूपमा देखिने गरी नबाझिएसम्म बदर गर्न नहुने राय दिएका हुन् । न्यायाधीश फुयालको फरक मतमा ‘न्यायपालिकाको परम्परागत कार्य संविधान र कानूनको व्याख्या गर्नु हो र त्यस्तो व्याख्या गर्दा पनि स्थापित व्याख्याका सिद्धान्तमा मानिनु पर्दछ । यस्तो अवस्थामा स्वैच्छिक अधिकारको प्रयोग गरी ‘हो कि हो कि’ जस्तो लाग्ने विषयमा न्यायिक सीमाको प्रयोग र सार्वजनिक निकायलाई प्रयास अनुगमन गर्ने आधार प्रदान गरिएको अवस्था वा संसद्ले अन्यौचित्यपूर्ण अधिकार प्रयोग गरी बनाएको हो भन्ने देखाउन नसकेको अवस्थामा गरिने न्यायिक सक्रियताको दूरगामी परिणाम हुन सक्दछ ।’
उनले न्यायाधीशले संविधानको निश्चित धारा र विवादमा आएको कानूनलाई हेर्ने दृष्टिकोण बनाउँदा परिवर्तनका आयामलाई पनि हेर्नुपर्ने बताएका छन् । उनले लेखेका छन् , ‘मूलतः कमल ल प्रणाली अपनाएका अदालत संसद्को सार्वभौम अधिकारसँग अन्तर्विरोध गर्दैनन्, बरु रचनात्मक उपाय अवलम्बन गर्दछन् । अदालतले विवादमा ल्याइएको कानूनमा देखिएका शंकालाई निवारण गर्न र संसद्को सार्वभौमिकता सम्मान गर्न वैकल्पिक उपाय अवलम्बन गर्दछन् । न्यायाधीशले संविधानको निश्चित धारा र विवादमा आएको कानूनलाई हेर्ने दृष्टिकोण बनाउँदा परिवर्तित सामाजिक, आर्थिक नीति तथा व्यक्तिगत र सामूहिक प्रकृतिका अधिकारमा आएको परिवर्तनका आयामलाई समेत हेर्दछन् ।’ न्यायाधीश फुयालको फरकमत विकासवादी चिन्तनबाट आएको देखिन्छ । भावी पुस्ताले वातावरण मात्रै नहेरीकन समृद्धि पनि खोज्छ भनेर उनले प्रश्नसमेत गरेका छन् । सर्वोच्चको उक्त फैसलाको कारणले नेपालमा ठूला आयोजना निर्माणमा बाधाव्यवधान आउन सक्ने अवस्था टड्कारो देखिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












