बाँकेमा पाटेबाघ मृत भेटियो
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।
आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ ।
“बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको हो,” सूचना अधिकारी पँगेनीले भने, “बाघ भर्खरै नभई दुई तीनअघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।” उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताए । मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्ज आउँदै गरेको उनले बताए । निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताए।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












