एकैघरका दुई किशोरी जङगलमा मृत अवस्थामा फेला
काठमाडौं । अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका हुन । मृतकहरु जिल्लाको ढकारी गाउँपालिका– ८ घोडासैनस्थित पल्साँताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरा खड्का रहेका छन् ।
गत शुक्रबार बाख्रा चराउन जंगल गएका उनीहरू गाउँपालिकाकै वडा नम्बर १ शोडषा सामुदायिक वनको चिन्ने ओढारस्थित एघारेभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।
श्री विद्याप्रबोधनी मावि घोडासैनमा कक्षा आठमा अध्ययनरत उनीहरू गोठालो गएको दिन घर नफर्किएपछि स्थानीयले खोजतलासका क्रममा हिजो साँझ ५ बजेतिर एघारेभिरको छेउमा १० मिटरको दूरीमा उनीहरूको शव भेटाएपछि प्रहरीलाई खबर गरेको स्थानीय रामबहादुर भण्डारीले बताए।
आज बिहानै घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र प्रहरी नायब उपरीक्षक भण्डारी सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू दुवैजना भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको भण्डारीले बताए ।
यद्यपि, घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । अनुसन्धानका लागि कोहलपुरबाट ल्याइएको कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ । अहिले मृतक दुवैजनाको शवको मुचुल्का भइरहेको र पोस्टमार्टमका लागि सदरमुकाम मंगलसेन लैजाने तयारी भइरहेको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












