एकैघरका दुई किशोरी जङगलमा मृत अवस्थामा फेला
काठमाडौं । अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका हुन । मृतकहरु जिल्लाको ढकारी गाउँपालिका– ८ घोडासैनस्थित पल्साँताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरा खड्का रहेका छन् ।
गत शुक्रबार बाख्रा चराउन जंगल गएका उनीहरू गाउँपालिकाकै वडा नम्बर १ शोडषा सामुदायिक वनको चिन्ने ओढारस्थित एघारेभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।
श्री विद्याप्रबोधनी मावि घोडासैनमा कक्षा आठमा अध्ययनरत उनीहरू गोठालो गएको दिन घर नफर्किएपछि स्थानीयले खोजतलासका क्रममा हिजो साँझ ५ बजेतिर एघारेभिरको छेउमा १० मिटरको दूरीमा उनीहरूको शव भेटाएपछि प्रहरीलाई खबर गरेको स्थानीय रामबहादुर भण्डारीले बताए।
आज बिहानै घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र प्रहरी नायब उपरीक्षक भण्डारी सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू दुवैजना भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको भण्डारीले बताए ।
यद्यपि, घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । अनुसन्धानका लागि कोहलपुरबाट ल्याइएको कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ । अहिले मृतक दुवैजनाको शवको मुचुल्का भइरहेको र पोस्टमार्टमका लागि सदरमुकाम मंगलसेन लैजाने तयारी भइरहेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












