ताजा समाचार

दुई किशोरी मृत्यु प्रकरण: दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं । अछाम ढकारीका दुई किशोरी किशोरीको मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

सोधपुछका लागि पक्राउ गरिएका दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका–८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासन सँग माग गरेका छन् । शव क्षतविक्षत् अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन । मृतक मध्ये सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।

शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन्

यो पनिः- https://www.facebook.com/share/p/1AhC3VYzgs/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org