काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बसमा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताएका छन् ।
उनका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि ओर्लिएको समयमा यादवलाई मृत अवस्थामा भेटिएको थियो । यादव सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढेको बताईएको छ ।
तत्काल मृत्युको कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिए ।
बस हाल इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...












