काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बसमा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताएका छन् ।
उनका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि ओर्लिएको समयमा यादवलाई मृत अवस्थामा भेटिएको थियो । यादव सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढेको बताईएको छ ।
तत्काल मृत्युको कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिए ।
बस हाल इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।
Comments
अरु समाचार
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु
काठमाडौं । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। उक्त घटना पश्चत आक्रोशित स्थानीयले पानी ट्यांकरमा आगजनी...
-
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दक्षिण कोरियामा डढेलोका कारण चार जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलोका कारण चार जनाको मृत्यु भएको छ । त्यस्तै उक्त आगालागीमा परेर ६ जना...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...
-
गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...