सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरुष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले आफ्नो समाचारमा लेखेको छ, “स्थानीय सडकमा ‘नरसंहार’ भएको र ‘कृषि मजदुरहरू चढेको गाडी नजिकै कार बम विस्फोट’ भएको थियो । आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको र १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर रहेका छन् ।
सिरियामा तत्कालिन राष्ट्रपति बसर अल असद्को अन्त्यका लागि सन् २०११ मा सुरु भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको र कूशल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेको थियो ।
राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमहरूको बाबजुद, पूर्व राष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाहरू प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउन अन्ततः आफ्नो पिताको अधिनायकवादी शासन शैलीलाई जारी राखेपछि उनीप्रतिको आक्रोश चुलिएको पाइन्छ ।
गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उनलाई पदच्युत गरिएको थियो
लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालिन सरकारका सहयोगी लडाकु समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरूद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन् ।
डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएपछि असदको शासनको अन्त्य भएको र एचटीएसले अन्तरिम सरकार गठन गरेको छ ।
नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











