ताजा समाचार

अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ।

सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले महाधिवेशन जेठ १ देखि ४ गते गर्ने निर्णय गरेको अध्यक्ष समिक कुमार बडालले जानकारी दिएका छन्।

बडालका अनुसार महाधिवेशनको स्थान भने तोकिएको छैन। यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय गरेको थियो । तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको उनले बताए।

‘जेठ गर्मीको समय पनि भएकाले काठमाडौं या चितवनमध्ये एक स्थानमा नै गर्ने कुरा हुन्छ । तर स्ववियु निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको स्थान र कार्यसूची तय गर्छौं,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org