ताजा समाचार

झोलुङ्गे पुलबाट खसेर दुई जना बेपत्ता

काठमाडौं । निर्माणधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर दुई जना कामदार बेपत्ता भएका छन्।

सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना बेपत्ता भएका हुन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

घटना बुधबार दिउँसो साढे १ बजे भएको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगिसकेको र गोताखोर सहितको सशस्त्र प्रहरी गइरहेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org