१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेगरी द्रुत स्तरमा काम गर्न र आवश्यक काम सुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए ।
सभापति थापाले भने, ‘‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ । यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् । अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्नेगरी काम गर्नुपर्छ । तोकिएकै समयमा १० औं राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला । कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस् ।’’
गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरु निर्माण गर्न नसक्दा सरकारले चैत्र २३ गतेबाट गर्ने घोषणा गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णालीले गर्नेगरी झण्डा हस्तान्तरण गरिएको थियो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












