ताजा समाचार

चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुना कुमारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

भारतिय सिमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाँस काटिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो । उनको तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषीराम घर्तिमगरले बताए ।

भारतिय जंगलबाट आएको चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । ताराताल क्षेत्र भारतको सिमा नजिक पर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org