पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै उहाँले यस अघि तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो ।
ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको विरोध गरिरहेका ढकालको भनाइ छ । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्वपूर्ण रहेको ढकालले बताउनुभयो ।
ताप्लेजुङवासीलाई रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि दाबी गर्नुभएको छ । सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्दै उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको बताउनुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको भन्दै उहाँले भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।
केबलकारले कुन पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान झन्डै तीन अर्ब रुपैयाँको रहेको भन्दै उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो । पाथिभरामा केबलकार बनाउने कामको विरोध गर्दै स्थानीय लिम्बु समुदायले अबरोध गरेपछि पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेको हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











