ताजा समाचार

धनकुटामा एक पुरुषको शव फेला

काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिका–३ को सिरवानी गाउँस्थित कार्की खोलामा एक पुरुषको शव फेला परेको छ ।

पहेँलो टिसर्ट र नीलो जिन्स पेन्ट लगाएका करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेको प्रहरीको भनाई छ । ‘शवको प्रकृति हेर्दा करिब दश दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ’ एक प्रहरी अधिकारीले भने ।

स्थानीयबासीका अनुसार दुई साताअघि गाउँमा एक अपरिचित दम्पती आएका थिए । तिनैमध्येका पुरुष व्यक्तिको शव हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयका अनुसार, सुनसरीको चक्रघटी घर बताउने दम्पती दुई साता पहिले गाउँमा आएका थिए । दुई दिन गाउँमा बसेका उनीहरु त्यसपछि सम्पर्कमा नरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org