१३ केजी अफिम सहित दुईजना पक्राउ
काठमाडौं । बाराको ईलाका प्रहरी कार्यालय सिमराले आज मङ्गलवार बिहान दुईजना लाई १३ केजी अफिम सहित पक्राउ गरेको छ । स्कुटरमा अफिम लुकाएर वीरगञ्ज तर्फ गइरहेका समयमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दिपक बस्नेतको कमान्डको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ८ का ४५ वर्षीय भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का ५४ वर्षीय सूर्यबहादुर मोक्तान रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक सुभद्रा लामाले जानकारी दिनुभयो ।
मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ गइरहेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न घेरा हालिसकेको थियो ।
प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागिसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रहरी नायब निरीक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
बरामद भएको अफिमको मूल्य दुई करोड भन्दा बढी रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...











