ताजा समाचार

छतबाट खसेर ४ वर्षीय नाबालकको मृत्यु

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहनपूर्वास्थित अनवर अन्सारी (मन्नी)का ४ वर्षीय छोरा हमजा अन्सारीको छतबाट खसेर मृत्यु भएको छ।

मङ्गलवार दिउँसो करिब १२ बजेतिर घरको छतमा खेल्दै गर्दा अचानक तल खसेका बालक गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि भेरी अस्पताल लगिएको थियो, तर त्यहाँ सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेज नर्सिङ होममा पुर्‍याइएको थियो । उपचारका क्रममा अन्सारीको निधन भएको स्थानीय चुन्ना सिद्दीकीले जानकारी दिएका छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org