सेयर बजार परिसूचकमा सामान्य वृद्धि
काठमाडौं । आज बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा १.८६ अंक बढेर २६८५ अंकमा कायम भएको छ।
आज परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो। १३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो। यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ। विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढे।
जीवन बीमा ०.४८ प्रतिशत बढ्यो। बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटे। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। रिभरफल्स पावरको ८.२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो।
दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। रसुवागढी हाइड्रोपावरको ९.३ तथा बाराही हाइड्रोको ४.८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च, चाँदीमा पनि कीर्तिमान
काठमाडौं: नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य...
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
मुलुकमा २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौं । मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर निष्काशन हुने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई...
-
कानुन मिचेर अर्थंमन्त्रालयले २९ करोड रकमान्तर गर्यो, सर्वत्र आलोचना
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...
-
सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो, फाइनान्स समूह चम्कियो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। यस दिन कुल कारोबार रकम ७...











