ताजा समाचार

भैँसीले हान्दा एकको मृत्यु

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org