बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
काठमाडौं । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताए ।
प्रहरी प्रमुख गिरिका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसको ठक्कर बाट घाइते भएकी मृतक बालककी आमा ५० बर्षिया बिस्ना पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र ठक्कर दिने बस सहित चालक उपेन्द्र मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












