केआइआइटी विश्वविद्यालयबाट निकालिएका विद्यार्थी वीरगञ्ज नाका हुँदै नेपाल फिर्ता
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै घर फर्किएका छन् ।
बुधबार बिहान २ बजेदेखि बिहीबार आज बिहान १० बजेसम्म १ सय ५६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
भुवनेश्वरबाट रेल तथा सडकमार्ग हुँदै रक्सौल आइपुगेका ती विद्यार्थी वीरगञ्जको इनर्वा र अलौं नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । इनर्वा नाका हुँदै १ सय ५३ जना र अलौं नाका हुँदै ३ जना गरी जम्मा १ सय ५६ जना विद्यार्थी नेपाल फर्किएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । तीमध्ये २७ छात्रा र १२९ छात्र रहेका छन् ।
फर्किएका विद्यार्थीहरूमध्ये अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका र साउथजोन माविको सहकार्यमा गाडीको व्यवस्था गरी घर पठाएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो । टाढा घर भएका विद्यार्थीहरूलाई प्रहरीले समेत सहयोग गरेर गाडीमार्फत गन्तव्यसम्म पुर्याइएको छ भने केहीलाई आफन्तले नै लिन आएका थिए ।
वीरगञ्ज महानगरपालिका बडा नम्बर–१५ ब्रह्मचोकका छात्र पिन्टु यादवका अनुसार केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शङ्कास्पद मृत्यु भएपछि घटनाको छानबिनको माग गर्दा प्रशासनले आफूहरू माथि गुण्डा परिचालन गरी निर्घात कुटपिट गराएको बताउनुभयो ।
आन्दोलनका क्रममा आफूहरू माथी कुटपिट मात्र नगरी राति होस्टेलमै गुण्डा पठाएर कलेज प्रशासनले तत्कालै होस्टेल खाली गर्न धम्की दिएको र ज्यान असुरक्षित भएपछि रातारात कलेज छाडेर निस्कन बाध्य भएको यादवले बताउनुभयो ।
Comments
अरु समाचार
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किने
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई मङ्गलबार साँझ...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
त्रिविका १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने
काठमाडौं । विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन...
-
मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने
काठमडौं । संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि...
-
आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...