भारतीय अण्डा अवैध रूपमा आयात, नेपाली उद्पादनकाे मूल्य घट्यो
काठमाडौं । भारतीय अण्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अण्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अण्डाको भाउ घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अण्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।
‘अहिले बजारमा ३० प्रतिशत अण्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले केही अण्डाको मूल्य घटाउनुको कारणबारे सञ्चाररमाध्यमसँग गुनासो गरे ।
संघका अनुसार यसअघि २१ माघमा ठूलो अण्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अण्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।
दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।
Comments
अरु समाचार
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...













