बिहेभोजमा झडप हुँदा युवकको मृत्यु
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका-८ मा बिहेभोजका क्रममा विवाद हुँदा एक युवकको मृत्यु भएको छ। आफन्तको बिहे भोज खान गएका दुई पक्ष बीचको विवादले झडपको रूप लिएको थियो, जसमा २७ वर्षीय रणबहादुर थापाको ज्यान गएको हो।
मृतक रणबहादुर थापा बुढीगंगा नगरपालिका-९ का निवासी थिए र उनी आफन्त रामबहादुर खड्काका छोराको बिहे भोजमा सहभागी हुन ८ नम्बर वडा, मोटावाडामा गएका थिए। राति ११ बजेपछि विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो, जसमा थापा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा थापाको बयालपाटा अस्पताल, अछाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा बूढीगंगा नगरपालिका-७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन्। उनीहरूको घटनाबारे सोधपुछ र अनुसन्धान जारी रहेको बाजुराका प्रहरी प्रमुख नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।
घटनामा घाइते भइ उपचारका क्रममा मृत्यु भए पनि बाँकी अनुसन्धानले थप तथ्यहरू बाहिर ल्याउने बताएका छन्। मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...












