ताजा समाचार

अनेरास्ववियु पब्लिक युथ क्याम्पसको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । अनेरास्ववियु पब्लीक युथ क्याम्पस कमिटिको आयोजनामा वृहत हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटिका अध्यक्ष निराजन विक्रम शाहीको अध्यक्षता तथा अनेरास्ववीयु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको प्रमुख आतिथ्यतामा शुक्रबार पब्लिक युथ क्याम्पसको प्राङ्गणमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीहरुको उत्साहजनक उपस्थितिका साथ ३१ वटा विद्यार्थीहरुको समुहले सहभागिता जनाएको उक्त प्रतियोगितामा ६ वटा टोली फाइनल चरणका लागि छनोट भएका थिए । छनोट भएकाहरु मध्येबाट कमल भुसाल, जिवन भुसाल, अस्मीता विश्वकर्मा र हरि विश्वकर्माको टिम ‘रुरु रेसुङ्गा’ प्रतियोगितामा प्रथम बन्न सफल भएको थियो ।

त्यस्तै, उक्त प्रतियोगितामा काजल कार्की, राहुल कुमार शाह, दिपक श्रेष्ठ र जिरोज आचार्यको समुह ‘गोलमाल’ले द्धितिय स्थान हासिल गरेको थियो । भने, उद्धब अधिकारी, रमेश नेपाली, आर्यन कार्की र यशोदा वस्नेतको समुहले तृतिय स्थान हासिल गरेको थियो ।

हाजिरिजवाफ प्रतियोगितामा निराजन न्यौपाने, उत्सव थापा, सुमन धामी र बसन्त पन्डितको समुह ‘सगरमाथा ग्रुप’ त्यस्तै, मनिस थापा, विवस उप्रेती, विमोचन गिरी र आशिस इटानीको समुह ‘तातो रगत’ र सुरक्षा कडेल, स्वस्तिका शाही, सचेत सापकोटा र भुवन विश्वकर्माको समुह‘गोल्डेन ग्रुप’ले छनोट चरण पूरा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अनेरास्ववियु क्याम्पस कमिटिका उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष प्रेम राज पनेरुले अनेरास्ववियु स्थापना कालबाट नै विद्यार्थीहरुको हकहित र सुरक्षीत सुनिश्चित शैक्षिक भविष्यका निम्ती काम गर्दै आएको नेपालकै अग्रणी विद्यार्थी संगठन भएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा संगठनका अध्याक्ष निराजन विक्रम शाहीले अनेरास्ववियु शिक्षा क्षेत्रमा असल विधि स्थानपा गर्दै, पैसाबाट शिक्षा किन्नु पर्छ भन्नेका विरुद्धमा रहेको बताएका थिए । उनले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलो नभएर देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थानका रुपमा चिनिनु पर्ने भन्दा त्यसका लागि काम गर्ने एकमात्रै संगठन अनेरास्ववियु भएको बताए ।

उक्त हाजिरिजवाफ प्रतियोगिता अनेरास्ववियु क्याम्पस कमिटिका सह–सचिवहरु सुनिल भट्टराई र रोहीत सञ्जेलले सञ्चालन गरेका थिए ।कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटि सदस्य अमित महर, हिक्मत जंग खड्का, क्याम्पस प्रमुख रामेश्वर आचार्य, अनेरास्ववियु काठमाडौं महानगर कमिटि अध्यक्ष सुनिल थापा लगायतको उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org