ताजा समाचार

बढ्यो नेप्से परिसूचक, घट्यो कारोबार रकम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७.१३ अङ्कले बढेर २ हजार ७ सय ६५.८८ को विन्दुमा रोकिएको छ ।

आज ३ सय १२ कम्पनीको २ करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता शेयर ९७ हजार पाँच सय ६२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ ०.०२, होटल तथा पर्यटन ०.०५, लगानी ०.७७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.०५ र अन्य समूह २.९० प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क ०.१२, वित्त ०.७१, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशतले घटेको हो । गार्डियन माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १ अर्ब २ करोड ६२ लाख ७३ हजार बराबरको कारोबार भएको छ ।त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org