जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा
काठमाडौं। जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार छ सय ३१ बाट पाँच प्रतिशतले कम हो । जन्मको सङ्ख्या सरकारले सन् १८९९ मा तथ्याङ्क राख्न सुरु गरेयता सबैभन्दा कम भयो । मृत्युको सङ्ख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको सङ्ख्या सन् २०२३ मा एक दशमलव आठ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।
जापानको कूल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्याङ्कले देखाएको छ । यो एक वर्ष अघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो । जन्म तथ्याङ्कले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ । दक्षिण कोरियामा बुधबारको तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार मानिसमा जन्मिएका बच्चाहरूको सङ्ख्या बढेको छ । यो एक दशक भन्दा बढी समयमा पहिलो पटक हो ।
सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताएका छन्। तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











