नेप्से परिसूचकमा ३० अंकको गिरावट
काठमाडौं । मंलबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०.३६ अंकको करेक्सन आएको हो।
नेप्सेमा १.०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ ।
४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आएको छ । ५ वटा कम्पनीको शेयर मूल्यले स्थिर रहेको छ । बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २२ हजार ३३६ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेर ७ हजार ६६९.३५ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम अन्य समूह ०.०६ प्रतिशतले घटेर २ हजार ५५२.८८ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह १.०५ प्रतिशतले, विकास बैंक ०.३९ प्रतिशतले, फाइनास २.१० प्रतिशतले, होटेल तथा पर्यटन ०.९७ प्रतिशतले, हाइड्रोपावर १.०८ प्रतिशतले, लगानी १.७५ प्रतिशतले र जिवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ । साथै, लघुवित्त समूह १.४१ प्रतिशतले, म्युचुअल फण्ड ०.५५ प्रतिशतले, निर्जीवन बीमा १.११ प्रतिशतले र ट्रेडिङ समूह ०.४८ प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












