ताजा समाचार

कुलमानको पक्षमा प्रतिपक्षी दलले सडकदेखि सदनसम्मै प्रतिरोध गर्ने

काठमाडाैं । विपक्षी चार दलको बैठकले कुलमान घिसिङलाई हटाएर सरकारले कर्मचारीमाथि प्रतिसोध साँधेको आरोप लगाएको छ ।

सिंहदरबरस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी चार दलको बैठकले कुलमानमाथि सरकारले संख्याको दम्भ देखाएको भन्दै संघीय संसदमा आवाज उठाउने निर्णय गरेको छ ।

टीआरसीसँग कुलमानको बर्खास्ती साटेको आरोपमा समेत प्रतिपक्षी दलले कडा आलोचना गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले षडयन्त्रपूर्वक टीआरसीसँग कुलमानको बर्खास्तीलाई साटेको भन्दै गलत भाष्य निर्माणको षडयन्त्र भएकाले त्यसको खण्डन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बताए ।

‘कहाँको टीआरसी, कहाँको कर्मचारी । साटफेर सम्भव नै छैन् । साटफेर हुनलाई वस्तु पनि होइन।’ प्रचण्डको भनाई उदृत गर्दै परियारले भनेका छन्, ‘षडयन्त्रपूर्वक टीआरसीसँग कुलमानको बर्खास्ती साटेको आरोप लगाइयो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org