ताजा समाचार

हजुरआमाको चप्पल लिन नदिमा पसे, तर कहिल्यै नफर्कने गरि नदिमै बिलाए

काठमाडौं । पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोली निकालेको छ।

जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो।

पूर्वीनवलपरासीको गैँडाकोट नगरपालिका(१ स्थित नारायणी नदीमा मंगलबार साँझदेखि उनीहरू हराएका थिए।

हजुरआमासँगै ब्रिटिसक्याम्प गएका उनीहरूको हजुरआमाको चप्पल नदीमा खसेको र चप्पल खोज्न भन्दै नदीमा हेलिएका थिए। भंगालोमा परेपछि उनीहरू बाहिर निस्कन सकेनन्।

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं। १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो।

स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org