ताजा समाचार

देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात

काठमाण्डौ। देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हिउँ पनि पर्न सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org