ताजा समाचार

सी.के रिर्सच एण्ड ग्रिनरी प्रमोसनको आयोजनामा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

 

 

काठमाडौं । सी.के रिर्सच एण्ड ग्रिनरी प्रमोसन प्राइभेट लिमिटेडले आयोजना गरेको नयाँ वर्षको अवसरमा शुभकामना आदन प्रदान तथा मायाको चिनो हस्तान्तरण कार्यक्रम भव्यताक साथ सम्पन्न भएको छ ।

बागमती प्रदेश सभा माननिय उपसभामुख अप्सरा चापागाँईको प्रमुख आतिथ्यतामा आज शनिबार आयोजना भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा उपस्थीत सम्पूर्ण अतीथिहरुले नयाँ वर्षको अवसरमा शुभकामनाका साथसाथै आफनो विगतको अनुभव आदनप्रदान गरेका थिए ।

मुख्य रुपमा वन, वातावरण, प्राकृतीक श्रोत साधनको संरक्षण र संम्बन्र्धन क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका विभिन्न विशिष्ट व्यक्ति व्यक्तित्वको सहभागिता कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सी.के रिर्सच एण्ड ग्रिनरी प्रमोसन प्रा.लीका अध्यक्ष छिन्डुम मेनक्पा भोटेले बढ्दो बसाईसराई र पलायनले गाँउ रित्तिन थालेको र त्यसले हाम्रा गाँउ घर विस्तारै खण्डहरमा परिणत हुन थालेकाले त्यसै समस्यानको समाधान गर्न आफ्नो संस्थाले प्लान्टेसनको काम गर्ने मुख्य अभिप्रायले संस्था स्थापना भएको बताए ।

कार्यक्रम काठमाडौंको नयाँ वानेश्वरको एक होटलमा सम्पन्न भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org