ताजा समाचार

आज बढ्यो सुनको मूल्य

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org