ताजा समाचार

रुखबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरी रहका छन् । चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

सिंहका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org