ताजा समाचार

करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–८ घर भई बूढानीलकण्ठ बस्दै आएका २५ वर्षीय कृष्ण चौधरी छन् । उनको आइतबार मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org