ताजा समाचार

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजा छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org