ताजा समाचार

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

काठमाडौं । भन्सार सम्बन्धी ऐनलाई संसोधन तथा एकिकरण गर्न बनेको भन्सार विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।

यो विधेयक १८ महिना अघि तत्कालीन सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । सो विधेयकलाई अर्थ समितिले दफावार छलफल गरेर चैत १९ गते पारित गरेर बैसाख १४ गते प्रतिनिधिसभामा पेस भएको थियो ।

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org